AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पूर्वी नाकाबाट अदुवा निकासी घट्दो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ भाद्र २०७७, शनिबार २०:०२
396
Shares
विराटनगर / पूर्वी नाका काँकरभिट्टा भएर हुने अदुवा निकासीमा गिरावट आएको छ ।

झापासहित पूर्वी नेपालका विभिन्न जिल्लामा उत्पादित अदुवा भारत तथा वंगलादेश निकासी हुँदै आएपनि यो बर्ष अदुवाको निकासीमा गिरावट आएको हो ।

काँकरभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयले आर्थिक वर्ष २०७६÷०७७ मा १३ करोड ३० लाख रुपैयाँ वरावरको अदुवा निकासी भएको जानकारी दिएको छ । इलाम, पाँचथर ताप्लेजुङ, संखुवासभा, भोजपुर, तेह्थुम र धनकुटाका कृषकले उत्पादन गरेको ५ हजार २ सय १४ मेट्रिक टन अदुवा भारत तथा वंगलादेश निकासी भएको छ ।

पूर्वी नाका काँकरभिट्टा हुँदै आर्थिक वर्ष २०७५÷०७६ मा नेपालले २२ करोड २८ लाख बराबरको अदुवा निकासी गरेको थियो । आर्थिक वर्ष २०७४÷०७५ मा भने ५६ करोड ८६ लाख बराबरको अदुवा भारत र बंगलादेश निकासी भएको थियो । नेपालबाट भारत तथा बंगलादेश निर्यात हुँदै आएको अदुवा निकासी बर्षैपिच्छे घट्दो रुपमा रहेको छ । नेपालमा उत्पादन हुने अदुवा मध्ये ८० प्रतिशत अदुवा भारतीय बजारमा खपत हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर