खबर पूर्वाञ्चल
होमआईसोलेसनबाट २ सय ४६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार ८ सय ७० पुगेको छ ।
प्रदेश १ मा थपिएका ३० जना संक्रमित मध्ये मोरङमा १५, झापा र सुनसरीमा ४–४ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ५, केराबारीमा ४, बुढीगंगामा ३, बेलबारी, मिक्लाजुङ र उर्लाबारीमा १–१, झापाको मेचीनगरमा २, दमक र विर्तामोडमा १–१, सुनसरीको इटहरीमा ४ र प्रदेश १ बाहिरका ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ७ सय २९ पुगेको छ ।
प्रदेश १ मा आज ४ सय २१ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये १२ महिला र १८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ८ हजार १ सय ५८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।