नेपाल टपर दिया अग्रवाललाई मेरील्याण्डको सम्मान

खबर पूर्वाञ्चल, ३ आश्विन २०७९, सोमबार १४:५७
2.36k
Shares
विराटनगर / विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजले कक्षा १२ को परीक्षामा नेपाल प्रथम गरेकी दिया अग्रवाललाई नगद ५१ हजार रूपैयाँसहित सम्मान गरिएको छ ।

कलेज परिसरमा आज संविधान दिवसको अवसर पारेर राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा व्यवस्थापन संकायमा नेपालमै उच्चतम अंक ३.९६ जिपिए ल्याउने अग्रवाललाई मेरील्याण्डले बिशेष सम्मान गरेको हो ।

अग्रवासहित कक्षा – १२ को वोर्ड परीक्षामा ए प्लस ल्याउने विद्यार्थी र अभिभावकहरूलाई पनि सम्मान गरिएको छ । सम्मानित हुने विद्यार्थीहरूलाई प्रदेश १ सामाजिक विकास मन्त्री राजन राइले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल प्रथम हुने दिया अग्रवालले कलेजको राम्रो शैक्षीक वातावरण र कडा मेहेनतले गर्दा आफू सफल हुन सकेको बताइन् । ‘विद्यार्थीहरुलाई परीक्षाको वेलामा मात्रै होइन । सधै रुटीन बनाएर दैनीक ३–४ घण्टा पढेमा सफलता सजिलै प्राप्त गर्न सकिनेनेछ,’ उनले भनिन्, ‘कडा मेहनतको साथ यो सफलता हाता परेको हो ।’ दियाका बावु सुचितकुमार अग्रवालले मेरिल्याण्ड कलेजको गुणस्तरीय शिक्षाको कारणले छोरीले सफलता हात पारेकी बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले मेरिल्याण्डकी छात्रा दियाले प्रदेश १ कै गहना भएकोले व्यवस्थापन शिक्षामा अग्रणी भूमिका खेलेको बताए । मेरिल्याण्डको २० वर्षको सफलता सुनेर धेरै खुशी व्यक्त गर्दै गुणस्तरीय शिक्षामा जोड दिए ।

कार्यक्रममा बिबिएस् तेश्रो वर्षमा नेपाल प्रथम सिम्रन अग्रवाल र बिबिएस् दोश्रो वर्षमा प्रदेश प्रथम राजलक्ष्मी अग्रवाललाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा कलेजका अध्यक्ष गुणराज ढुंगेलको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा पुनम गुप्ता, देव किशोर मुन्डडा, भिखम चन्द सरल, समाजसेवि सुरेश राज शर्मा, हिसानका केन्द्रीय सदस्य राजेश कार्कीलगायतले मेरिल्याण्ड विराटनगरको मात्र नभई देशकै शान भएको बताए । गुणस्तरीय शिक्षा दिएको कारणले मेरिल्याण्ड व्यवस्थापन शिक्षामा पूर्वकै तथा देशकै अग्रणी शैक्षिक संस्थाको रूपमा परिचित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५