AArya
RUMPUM
animated ellipse animated ellipse

प्याब्सन जिल्ला स्तरीय हिज्जे प्रतियोगिता सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ भाद्र २०८२, मंगलवार १६:०१
108
Shares
विराटनगर /प्याब्सन मोरङको आयोजनामा जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिता आजदेखि विराटनगरमा सुरु भएको छ।

१६२ विद्यालयको सहभागितामा भएको यो प्रतियोगितामा ५४ विद्यालय सेमिफाइनलमा छनोट भएका छन्।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्याब्सन केन्द्रीय सल्लाहकार तथा पूर्व अध्यक्ष टिकाराम पुरीले दीप प्रज्वलन गरेर कार्यक्रमको शुभारम्भ गरे। उद्घाटनका अवसरमा बोल्दै उनले विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्न प्याब्सनले गर्दै आएका यस्ता कार्यक्रमहरूको महत्त्वलाई औंल्याए। विद्यार्थीहरूको लुकेको प्रतिभालाई बाहिर निकालेर उनीहरूलाई प्रोत्साहन दिनुका साथै अंग्रेजी भाषाप्रतिको रुचि बढाउनका लागि यस्तो जिल्ला स्तरीय हिज्जे प्रतियोगिता महत्त्वपूर्ण हुने बताए । उनले अंग्रेजी भाषाको शुद्ध उच्चारण र हिज्जे लेखाइमा दक्षता हासिल गर्न यस्ता प्रतियोगिताहरूले विद्यार्थीहरूलाई उत्प्रेरणा दिने बताए। उनले विद्यार्थीहरूलाई भाषा सिकाइमा निरन्तरता अपनाएर आत्मविश्वास बढाउन सुझाव दिए।

कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष टिकाराम ढकालले भने, ‘यस्ता शैक्षिक प्रतियोगिताहरूले विद्यार्थीहरूको क्षमता विकासमा योगदान पुर्‍याउँछ। हामी सबैले मिलेर शिक्षाको गुणस्तर बृद्धि गर्न काम गर्नुपर्छ।’ उनले प्रतियोगितामा सहभागी भएका सबै विद्यार्थीहरूलाई शुभकामना दिँदै उत्कृष्ट प्रदर्शनको कामना गरे।

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले भने, ‘शिक्षा क्षेत्रको विकासका लागि सरकार, निजी क्षेत्र र अभिभावकहरूको साझेदारी आवश्यक छ। यस्ता कार्यक्रमहरूले त्यसैको उदाहरण प्रस्तुत गर्छ।’ उनले विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न प्रेरणा दिए।

प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा अगाडि बढाउन प्याब्सनले प्रत्येक वर्ष यस्तो कार्यक्रम गर्दै आएको बताए । ‘यस्तो कार्यक्रमले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा योगदान पुर्‍याउँछ,’ उनले भने, ‘आजका दिनमा अंग्रेजी भाषाको महत्त्व बढ्दै गएको भन्दै यस्ता प्रतियोगिताहरूले विद्यार्थीहरूको भाषिक दक्षता बृद्धि गर्नेछ ।’

प्रतियोगितामा १६२ विद्यालयको सहभागिता रहेकोमा ५४ विद्यालय सेमिफाइनलमा पुगेका छन्। सेमिफाइनलबाट १२ वटा विद्यालय फाइनलमा पुग्नेछन्। उनले आज साँझमा फाइनल प्रतियोगिता सम्पन्न भएर विजेता घोषणा हुने जानकारी दिए।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यालयले नगद १५ हजार रुपैयाँ, द्वितीयले १० हजार र तृतीयले पाँच हजार रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। यो प्रतियोगिताले विद्यार्थीहरूको अंग्रेजी भाषाप्रतिको रुचि बढाउने र उनीहरूको आत्मविश्वास वृद्धि गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर