खबर पूर्वाञ्चल


कार्यक्रममा कलेजको प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने दुई जना विद्यार्थी र कक्षा ११ मा टप १० स्थान हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा मोरङ जिल्ला समन्वय इकाइका प्रमुख तथा प्रमुख अतिथि जीवन गड्तौलाले आजको युग प्रविधि र प्रतिस्पर्धाको युग भएकाले शिक्षा प्रणाली पनि त्यसअनुसार अद्यावधिक हुनुपर्ने बताए । ‘हामी रोजगारमुखी र प्रविधिमैत्री शिक्षा प्रणालीतर्फ जानुपर्ने आवश्यकता छ । शिक्षाको मूल्य मात्र प्रमाणपत्र होइन, व्यवहारिक सीप पनि हो,’ गड्तौलाले भने ।
कलेजका अध्यक्ष अमित ढकालले अर्किड कलेजले विद्यार्थीको आवश्यकता बुझेको र उनीहरूको रुचिअनुसार गुणस्तरीय शिक्षाको वातावरण निर्माण गरिरहेको उल्लेख गरे । उनले भने, ‘हामी विद्यार्थीलाई कक्षा कोठाभित्र मात्रै सीमित राख्दैनौं, व्यवहारिक ज्ञान, नेतृत्व विकास र सिर्जनात्मकतालाई पनि प्राथमिकतामा राख्छौं ।’
निर्देशक दीपेश बास्तोलाले नयाँ भर्ना भएका विद्यार्थी र अभिभावकप्रति आभार व्यक्त गर्दै भविष्य निर्माणको यात्रामा अर्किड कलेज रोजेकोमा धन्यवाद दिए । उनले विद्यार्थीलाई अध्ययनसँगै अनुशासन, आत्मविश्वास र सामाजिक उत्तरदायित्व सिकाउने उद्देश्य कलेजको रहेको बताए ।
कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेर माहोल थप उत्साहपूर्ण बनाएका थिए । शिक्षक, विद्यालयका पदाधिकारी र विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीको जोश र सहभागिता प्रशंसनीय देखिएको थियो ।