AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर वडा नं ११ लाई नमूनाको रुपमा विकास गर्ने : उपप्रमुख कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ भाद्र २०८२, आईतवार १८:३४
99
Shares
विराटनगर / विराटनगर महानगरपालिका वडा नं ११ को इतिहास समेटिएको ‘वडा परिचय ’ नामक पुस्तक आज विराटनगरमा विमोचन गरिएकोछ ।

पुस्तकमा वडा नं ११ को इतिहास, पूर्व जनप्रतिनिधिहरुको विवरण, शैक्षिक, सामाजिक,धार्मिक, स्वास्थ्य, जनसङ्ख्या,सञ्चार गृह, जातजाति,धर्म आदि लगायतका विषयहरु समेटिएको छ ।

वडा नं ११ द्वारा प्रकाशित उक्त पुस्तक १३५ पृष्टको रहेको छ भने पत्रकार यज्ञ शर्माको लेखन एवं निर्मल तामाङको सङ्कलन रहेको छ ।

महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले पुस्तकको विमोचन गर्दै वडालाई नमुनाको रुपमा विकास गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले राजनीतिक भेदभाव विना सामुहिक भावले वडाले शिक्षा, स्वास्थ्य एवं विकास निर्माणमा फड्को मारेको चर्चा गर्दै वडाका वासिन्दाको सामाजिक सदभावले यस क्षेत्रमा मनाइने सबै धर्म, सम्प्रदायको चाडपर्वमा सबै समुदायको उच्चतम सहभागिता रहेको देखिने उदाहरण रहेको बताइन् ।

वडा नं ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने, महानगरका कार्यकारी अधिकृत योगेन्द्रप्रसाद दुलाल, पूर्व उपप्रमुख इन्दिरा कार्की, पूर्व वडा अध्यक्ष केदारबहादुर बस्नेत, नेकपा एमाले महानगर सभापति बलराम गिरी, नेकांकी झुपा निरौला, लेखक यज्ञ शर्मा, नेकांका रामबाबु पासवान, नेकपा एमालेका रोहित कोइराला, निर्मल तामाङलगायतले वडाको विकासमा पूर्वदेखि वर्तमानसम्मका जनप्रतिहरुको महत्वपूर्ण योगदान रहेको चर्चा गरे ।

सो अवसरमा उपप्रमुख कार्कीले पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गर्नुका साथै वडाको वडाको वेभसाइटको शुभारम्भ गरिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर