RUMPUM
animated ellipse animated ellipse

डाक्टरको निर्वाचन, नेतृत्व छान्न मतदान सुरू

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ माघ २०७७, आईतवार १५:१९
756
Shares
विराटनगर / नेपाल चिकित्सक संघ कोशी विराटनगरको नयाँ नेतृत्व चयन गरिन मतदान सुरू भएको छ ।

विराटनगरस्थित संघको भवनमा आज विहान साढे १० बजेदेखि मतदान सुरू भएको छ । भोली सोमबार साँझ सम्म मतदान गर्ने समय रहेको निर्वाचन अधिकृत डा. रवि वास्तकोटीले जानकारी दिए ।

संघमा १ हजार २ सय ८१ जना चिकित्सक मतदाता छन् । सुनसरीको धरानबाहेक कोशीका सबै चिकित्सकहरुले मतदानमा सहभागीता जनाउने बुझिएको छ । धरानको बीपी प्रतिष्ठानमा भने छुट्टै चिकित्सक संघ रहेको छ ।

भोली रातीसम्म नतिजा सार्वजानिक हुने निर्वाचन कार्यालयले तयारी गरेको छ ।

संघको निर्वाचनमा डा.कैलाश श्रेष्ठ र डा.फरवर्ड सिलवालको समूह चुनावी मैदानमा उत्रिएको छ । डा.सिलवाल संघका वर्तमान अध्यक्ष हुन् भने डा.श्रेष्ठलाई सबैले मान्ने अग्रज चिकित्सकको रूपमा हेरिएको छ ।
संघको नेतृत्वको लागि गत मंगलबार १३ पदमा २६ जनाको उम्मेदवारी दर्ता गराएका थिए ।

डा.श्रेष्ठको समूहबाट वरिष्ठ उपाध्यक्षमा डा.सन्जिव ठाकुर, उपाध्यक्षमा डा.बालकृष्ण साह, महासचिबमा डा. रबिनराज सिंह, सह–सचिबमा डा.धिरज सिंह, कोषाध्यक्षमा डा.सुधिर श्रेष्ठ र सह–कोषाध्यक्षमा डा.सरबेसकुमार झा छन् । यस्तै सोही समूहदेखि सदस्यहरुमा डा.रोशन खड्का, डा.पल्बी झा, डा.अविशेष चौधरी, डा.दिपक न्यौपाने, डा.निशा अधिकारी र डा.राजेश्वर यादव छन् ।
यता सिलवालको समूहबाट वरिष्ठ उपाध्यक्षमा डा.नविन कर्ण, उपाध्यक्षमा डा.यज्ञराज खरेल, महासचिबमा डा.राजेन्द्र चौधरी, कोषाध्यक्षमा डा.सिलवन्त सेन श्रीवास्तव, सहसचिबमा डा.सुनिल रेग्मी, सहकोषाध्यक्षमा डा.जुबिन सिलवाल उम्मेदवार छन् । सदस्यहरुमा डा.अन्जु देव, डा.अमरकुमार यादव, डा.पार्थ गुरागाईं, डा.अमरेन्द्रकुमार महतो, डा.प्रेरणा दाहाल र डा. कृष्णप्रसाद नेपाल मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर