AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

साढे ३३ किलो सुन तस्करी प्रकरण : गोरेका भाई दुई लाख रुपैयाँ धरौटीमा छुटे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ पुष २०७८, बिहीबार १७:२९
333
Shares
विराटनगर / साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्ता ‘गोरे’ भनिने चुडामणी उप्रतीका भाई ३६ वर्षिय रमेश उप्रेतीलाई दुई लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले आज दुई लाख धरौटीमा छाडन आदेश दिएका हुन् । थुनछेक बहसपछि लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

युएई बस्दै आएका रमेश मंगलबार नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरीले बुधबार अदालतमा उपस्थित गराएको थियो ।
गत मङ्सिर २७ गते मुख्य आरोपीमध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल जिल्ला अदालत मोरङमा सुटुक्क हाजिर भएका थिए । थुनछेक बहसपछि तीन लाख धरौटी बुझाएर उनी छुटेका थिए ।

मङ्सिर २२ गते लम्सालकै इजलासले तस्करीको सुनको लगानीकर्तामध्येका एक काले भनिने कृष्णगोपाल अग्रवाललाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

७७ जना प्रतिवादी रहेको सुन तस्करी र शाक्य हत्याको मुद्दामा लम्सालकै इजलासले असोज १९ गते फैसला सुनाउँदा ५६ जना प्रतिवादीले सफाइ पाएका थिए । फैसलापछि हाजिर भएका तीन आरोपी सहजै धरौटी बुझाएर छुटेका हन् ।

अदालतले सुन तस्करी प्रकरणसँगै जोडिएको सनम शाक्य हत्याको मुद्दामा आठ जनालाई दोषी ठहर गरेको थियो । मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो ।

भारतीय नागरिक राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर