RUMPUM
animated ellipse animated ellipse

कृषक समूहलाई ५० प्रतिशत अनुदानमा गहुँ र मकैको बिऊ वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ मंसिर २०८०, सोमबार १८:४०
117
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले कृषक समूहलाई उन्नत जातको गहुँ र मकैको बिउ वितरण गरेको छ ।

महानगरले सशर्त कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँ र मकैको बिऊ वितरण गरेको हो ।

महानगरमा सोमबार आयोजित एक समारोहका बीच कृषक समूहका अध्यक्ष र प्रतिनिधिहरुलाई बिऊ वितरण गरिएको हो । खाद्यान्न बालीको बिऊ उपयोगमा अनुदान कार्यक्रमअन्तर्गत १४ हजार ६ सय केजी विजय जातको गहुँको बिऊ वितरण गरिएको कृषि विकास शाखा प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिए ।

कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेलगाययतले कृषकलाई बिऊ वितरण गरे ।

समूहमार्फत वितरण गरिएको बिऊबाट ७ सय ७५ घरधुरी लाभान्वित हुनेछन् । सो बिऊले १२१ हेक्टर क्षेत्रफललाई पुग्नेछ । त्यस्तै ५० प्रतिशत अनुदानमा उन्नत मकैको बिऊ पनि वितरण गरिएको थियो । ९ सय ९० केजी पाइनियर–३३५५ मकैको बिऊ वितरण गरिएको शाखा प्रमुख तिम्सिनाले जानकारी दिए । सो मकैको बिऊबाट ३७५ घरधुरी लाभान्वित हुने उनको भनाइ थियो । ११ लाख रुपैयाँ बराबरको गहुँ र १० लाख रुपैयाँ बराबरको मकैको बिऊ वितरण गरिएको तिम्सिनाले बताए । यसरी वितरण गरिएको बिऊ समूहमा आबद्ध कृषकले प्राप्त गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर