खबर पूर्वाञ्चल
एमाले निटक विद्यार्थी संगठन अनेरास्ववियुको प्रदेश १ स्तरिय प्रशिक्षणमा विराटनगर आएका अध्यक्ष ओलीले पत्रकारसँगको संक्षिप्त कुराकानीमा सो कुरा बताएका हुन् । तपाईहरुवीच गठबन्धन गर्ने कुरा भएको हो भन्ने जिज्ञासामा उनले भने,‘ गठबन्धन भन्ने वित्तिकै इरिटेड हुन्छ ।’ सत्तारुढ पाँच दलिय गठबन्धनवीच भागबन्डा विवाद नमिलिरहेका वेला कांग्रेस नेता डा. कोइराला र ओलीवीच विहीबार झापा आउनु अघि करिव दुई घण्टा ‘वान वान टु वान’ छलफल भएको थियो । अध्यक्ष ओलीले दुईजना विचको कुराकानी सुनाउन चाहेनन ।
प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताए । प्रदेश स्तरीय दुई दिन प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले लोकतन्त्रको संरक्षण, स्वाधिनताको रक्षा, राष्ट्रिय हितको रक्षाको साझा अभियान एमालेको लिएको बताए ।
अध्यक्ष ओलीले सङ्घीयतालाई व्यवहार लागु गर्न, मुलुकमा भ्रष्टाचारको अन्त्य, सुशासन र जनतालाई राहत दिने मुख्य जिम्मा पार्टीको रहेको बताए । उनले मुलुकको विकास, सामाजिक जागरण, समानतामा क्रियाशिल रहन पार्टीका कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।
अध्यक्ष ओलीले राजनीति देश चलाउने र बनाउने विषय भएकोले राष्ट्र निर्माण र सङ्घगठन विस्तारमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरे ।
अध्यक्ष ओलीले देशभरि नै हरेक दिन एमालेको संख्या बढ्दै गएको बताए । सत्तारुढ पार्टी छाडेर एमालेमा प्रवेश गर्नेको लहर चलेको उनले बताए ।
अध्यक्ष ओलीले भने,‘ जनताको भेल अहिले एमालेमा जम्मा हुने क्रम बढेको छ ।’ विद्यार्थी संगठन अनेरास्ववियुको उचाई गठबन्धन दलका विद्यार्थी संगठनहरु भन्दा धेरै माथि रहेको उनको दावी छ । उनले भने,‘ गठबन्धन दलका विद्यार्थी संगठनहरु सवै एकातिर हुँदै पनि अनेरास्ववियु नै बढी हुन्छ ।’ आगामी मंसिर ४ पछि जनताले राष्ट्रिय फैसला गर्ने भएकाले जनताको मतको रक्षा गर्न अहिल्यै देखि जुट््न पार्टी नेता कार्यकर्तालाई उनले आग्रह गरे ।
अध्यक्ष ओलीले भने,‘ मतपेटिकाको रक्षा गर्नका लागि अहिलेदेखि नै तयारी गर्नुहोस ।’ अनेरास्ववियुको दुई दिने प्रशिक्षण कार्यक्रममाप्रदेश १ का १४ जिल्लाबाटै विद्यार्थी नेताहरुको सहभागिता रहेको छ । प्रदेश प्रशिक्षण कार्यक्रम दुई दिन सम्म चल्ने अनेरास्ववियुका केन्द्रीय उपमहासचिव भास्कर खनालले बताए ।