AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

स्वच्छ, सफा र सम्मुनत महानगर बनाउनु पर्छ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ जेष्ठ २०८०, शुक्रबार २१:११
180
Shares
विराटनगर /  विराटनगर महानगरपालिकाले आज नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ ।
महानगरका प्रमुख नागेश कोइरालाले पालिकामा आयोजित कार्यक्रममा महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतलगायत पदाधिकारीलाई सम्मान गरे । सो अवसरमा प्रमुख कोइरालाले महानगरपालिकाले शुरु गरेको  स्वच्छ, सफा र सम्मुनत र हराभरा बनाउन सङ्घले सहयोग गर्नुपर्ने  बताए ।
 महानगरपालिकालाई समृद्धि र  जनताको विकास प्रतिचाहना एवं रोजगारी सिर्जना गर्ने कार्यमा आवश्यक सहयोग उपलव्ध गराउन सङ्घसँग हातेमालो गरेर हिड्नु पर्ने बताए ।
महासङ्घका  प्रदेश अध्यक्ष राउतले पुराना उद्योगी व्यवसायी वसोवास गर्ने यस स्थानमा महानगरपालिकाले उनीहरुको समस्या समाधानमा आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिदै महानगरको समृद्धिमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त्त गरे ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत  राजेन्द्र पराजुलीले नगरका जनतालाई गुणस्तरीय सेवा प्रभावको अनुभूति गराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर