खबर पूर्वाञ्चल
हुण्डी कारोबारको १० लाख रूपैयाँ लुटेको आरोपमा महानगरीय अपराध महाशाखाले प्रहरी हवल्दार धिरेन विष्ट र जवान विक्रम चन्दलाई पक्राउ गरेको हो । चन्द महाराजगञ्ज स्थित गण नम्बर–२ मा कार्यरत छन् । विष्ट महानगरीय प्रहरी परिसर काठमाडौंको सादा पोशाकमा खटिने प्रहरी हुन् । सादा पोशाकमा काठमाडौंका एसएसपी ज्ञावलीले आफ्ना विश्वासपात्र लाई मात्र खटाउँछन् ।
लामो समयदेखि घुमुवाको रुपमा कार्यरत विष्ट र चन्द प्रहरीका हाकिमलाई ‘उठाएर बुझाउने’ प्रहरी कर्मचारीका रुपमा चिनिने गरेको अपराध महाशाखाका एक अधिकृतले बताए ।एसपी ज्ञावालीले पैसाँ असुल्न लगाएको थिए ।