animated ellipse animated ellipse

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ बैशाख २०७७, बिहीबार १२:२४
3
Shares
विराटनगर / बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा आज निधन भएको छ । क्यान्सरबाट पीडित कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

क्यान्सरबाट पीडित उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियोे। कपुरलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

कूपर दिग्गज अभिनेता राज कपूरका छोरा थिए । उनको फिल्मी करियरको शुरुवात १९७३ मा बबी फिल्मबाट सुरु भएको थियो । त्यसपछि अभिनेता कपुरले ४ सय भन्दा बढी फिल्मा काम गरेका थिए। भारतीय फिल्म उद्योगमा विगत दुई दिन एता धेरै ठूलो धक्का लागेको छ । हिजो मात्रै अर्का अभिनेता इरफान खानको निधन भएको थियो ।

उनले श्री ४२० र मेरा नाम जोकरमा बाल कलाकारको भूमिका पनि निर्वाह गरेका थिए । उनले अन्तिम फिल्म ‘द बडी’मा काम गरेका थिए । प्रायः सामाजिक सन्जालमा सक्रिय हुने उनले नायिका दीपिका पादुकोणसँग हलिउडको हिन्दी रिमेक फिल्म ‘द इन्टर्न’मा काम गर्ने बताएका थिए ।

उनले अमेरिकाबाट फर्किएपछि जुही चावलासँग ‘शर्माजीकी नम्किन’को सुटिङ गरेका थिए तर स्वास्थ्यमा समस्या आएपछि बीचमै सुटिङ रोकिएको टाइम्स अफ इन्डियाले जनाएको छ । ब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर