खबर पूर्वाञ्चल
उनीहरुले आजदेखि आन्दोलन सुरु गरेका हुन् ।
हस्पिटलका सयौं स्वास्थ्यकर्मीहरू राज्यले तोकेको न्यूनतम पारिश्रमिक र सुविधाको माग राख्दै दिनभरी प्रदर्शन गरे । नोबेल मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मीहरूले अस्पताल प्रशासनले चरम श्रम शोषण गरेको आरोप लगाएका छन् । आन्दोलन चर्किएपछि कलेजका प्रिन्सिपल डा. राजेश नेपाल र अस्पतालका सीईओ डा. रामहरी घिमिरे लगायतको टोली वार्तामा आए पनि त्यसले कुनै समाधान दिन सकेन ।
अस्पताल प्रशासनले स्वास्थ्यकर्मीको तलब बढ्नुपर्ने कुरामा सैद्धान्तिक सहमति जनाए पनि तत्काल लागू गर्न नसकिने अडान लिएको छ । प्रिन्सिपल डा. नेपालले भने, ‘तलब बढ्नुपर्छ भन्नेमा हामी सहमत छौं, तर त्यसका लागि राज्यले निजी अस्पतालको हकमा स्पष्ट नीति बनाउनुपर्छ । नीति बनेर लागू भएको दिनदेखि हामी दिन तयार छौं ।’ उनले सेवा बन्द गरेर आन्दोलन गर्नु गलत भएको र काम गर्न मन नभए नआउँदा हुने जस्ता गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आन्दोलनरत कर्मचारीले बताए ।
प्रशासनको यो अडानपछि वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । स्वास्थ्यकर्मीहरूले आफ्नो माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् । उनीहरूले बिरामीको सेवा प्रभावित नहोस् भनेर हातमा कालोपट्टी बाँधेर काम गर्ने र शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिने बताएका छन् ।