कुमोद अधिकारी
विराटनगर / प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाईको प्रदेश स्तरिय चौथौ त्रेमासिक तथा वार्षिक समिक्षा गोष्ठि आज सम्पन्न भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना समन्वय इकाई मोरङको आयोजनामा सुनसरीको तरहरा स्थित कृषि अनुसन्धान निर्देशनालयमा गोष्ठि सम्पन्न भएको हो ।
गोष्ठिमा प्रदेश १ का १० जिल्लाका परियोजना कार्यान्वयन इकाई कार्यालयहरुले गत आर्थिक वर्षमा भएको आ–आफनो कार्यालयको वार्षिक प्रगती विवरण प्रस्तुत गरेका थिए ।गोष्ठिमा वोल्दै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख एंव वरिष्ठ कृषि अधिकृत रामवलम साहले परियोजनाले गत आर्थिक वर्षमा ८४ प्रतिशत वित्तिय प्रगती र ८९ प्रतिशत प्रगती हासिल गरेको जानकारी गराए । परियोजना संचालन भएका जिल्लामा कृषि यान्त्रीकरण तर्फ किसान आकार्षण वढेको र प्रविधिको विकास भएको परियोजनाको दावी छ ।
कार्यपत्र प्रस्तुत गर्दै उनले प्रदेश १ मा कृषि क्षेत्रमा रहेको संभाव्यता र अवसरलाई सहि रुपमा प्रयोग गरेर माछा , धान, अलैची अदुवा ,, वेसार तथा मकै जस्ता वालिको उत्तपादन र उत्तपादकत्वमा वृद्धि गर्दै किसानहरुको आय स्तरमा वृद्धि गर्नुपर्ने वताए ।
कृषि मंत्रालय प्रदेश १ का सचिव मेघनाथ तिम्सिनाले कृषि प्रविधिको विकास , किसानले उत्पादन गरेको वस्तुको समर्थन मुल्य, चकलावन्दी खेतीको विस्तार तथा यान्त्रीकरणमा परियोजनाले थप जोड दिनु पर्ने वताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईले परियोजनाका कारण जिल्लामा माछा, धान तथा तरकारी खेतीमा किसानको आर्काषण वढेको वताए ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना केन्द्रीय कार्यालयका उपसचिव जितवहादुर चन्द परियोजना देशभरीनै प्रभावकारी भएको वताए ।
गोष्ठिमा कृषि यान्त्रीकरण, उन्नत प्रविधिको प्रयोग , उत्तपादन लागत घटाउने, विषाधि प्रयोगमा न्युनिकरण जस्ता विषयमा छलफल भएको परियोजना कार्यान्वयन इकाई प्रमुख रामवलम साहले वताए ।
तपाईको प्रतिक्रिया