animated ellipse animated ellipse

मेरिल्याण्डमा विजनेस आइडिया इन्नोभेसन प्लान आयोजना

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ पुष २०८१, सोमबार २१:२५
729
Shares
विराटनगर /विराटनगर –७ स्थीत मेरिल्याण्ड कलेजका विविएस तेस्रो र चौथो बर्षका विद्यार्थीहरुले एक नयाँ कार्यक्रम “मेरिल्याण्ड विजनेस आइडिया इन्नोभेसन” कार्यक्रम आयोजना गरेका थिए ।

उक्त कार्यक्रममा विविएस तेस्रो र चौथो बर्षमा अध्ययनरत विद्यार्थीहरुको जम्मा आठओटा ग्रुपले आ–आफ्नो विजनेस आइडिया प्रस्तुत गरेका थिए । एउटा समुहमा ५ जना विद्यार्थीहरु रहेका थिए । उनीहरुले विजनेस प्लान बनाएर निर्णायकसामु प्रस्तुत गरेका थिए ।

ईको हाइभ हनिकम पेपर ¥यापर पिक मोमेन्ट, अटोमेटिक सेनेटरी प्याड भेन्डिङ्ग मेसिन, हेन्डमेड क्याण्डल, फ्रेस फ्लावर एण्ड यूनिक गिफ्टस्, हारभेष्ट राइजर, मेडफोर यु ग्रुप सहित जम्मा आठओटा ग्रुप सामेल भएकोमा विविएस तेस्रो वर्षको इको हाइभ हनीकम्ब पेपर र्यापर ग्रुपका खुस्बु कोठारी, पलक राठी, रविना श्रेष्ठ, हर्षिका सोनी, दिपा कार्की र रितेष दास प्रथम भएका थिए भने विविएस तेस्रो बर्षकै योगेश जाजु, हिमानी राजवंशी, आस्था मण्डल, दिपिका यादव, स्नेहा अग्रवाल, पूनिसा दङ्गालको हेन्डमेड क्याण्डल ग्रुप द्वितिय भएको थियो ।

प्रथम हुने ग्रुपलाई प्रोत्साहनवापत कलेजले  एघार हजार नगद पुरस्कार प्रदान गरिएको थियो भने अन्य बाँकी प्रत्येक ग्रुपहरुलाई  तीन–तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

मोरङ व्यापार संघको अध्यक्ष अनुपम राठी, एनएमवी बैंक विराटनगरका शाखा प्रमुख रमेश अधिकारी र वेककप कफिका निर्देशक अभिनायक मल्लले निर्णायकको भुमिका खेल्नुभएको थियो । प्रत्येक ग्रुप प्रिजेन्टेशनपछि जजहरुले फाइनान्स, मार्केटिङ्ग परसनेल र एक्सटरनल अफेयर्समा सोधेका प्रश्नको जवाफ विद्यार्थीले दमदार तरिकाले अंग्रेजीमा दिएका थिए ।

कार्यक्रममा स्वागत भाषण कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले गरे । ‘विद्यार्थीहरुलाई पढाईसँगै विजनेस आइडिया दिनुका साथै पढाइ सकेपछि कसरी व्यापार व्यवसायमा अगाडी बढाउने त्यस विषयमा जानकारी दिने यो कार्यक्रम एक मात्र उद्देश्य हो’ प्रिन्सिपल ढकालले बताए । कितावी ज्ञानलाई व्यवहारमा उतार्न हामीले विजनेस आइडिया इन्नोभेसन कार्यक्र आयोजना गरेका हौ, कलेजका निर्देशक भेषराज पोखरेलले विद्यार्थीहरुलाई मोटिभेसनल स्पीच दिनुभएको थियो । त्यस्तै कलेजका उपाध्यक्ष प्रा. डा. पि. के. झाले आजका विद्यार्थीको प्रस्तुती देखेर अव मेरिल्याण्डका विद्यार्थी संसारको कुनै पनि यूनिभर्सिटिका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्ने क्षमता रहेको बताउँनुभयो ।

उक्त कार्यक्रममा निर्णायक तथा मोरङ व्यापार संघका अध्यक्ष अनुपम राठीले मेरिल्याण्डका विद्यार्थीहरुको प्रतिभा देखेर आफु उत्साहित भएको र मोरङ व्यापार संघले विद्यार्थीहरुको इन्टर्नसिप, ट्रेनिङ तथा रोजगारीका लागि आफुले पहल गर्ने बताए । त्यस्तै अर्का निर्णायक एनएमवी बैंकका शाखा प्रवन्धक रमेश अधिकारीले मेरिल्याण्ड कलेजका विद्यार्थीहरु साँच्चै उत्कृष्ट रहेको बताए । त्यस्तै अर्का निर्णायक अभिनायक मल्लले यस्ता कार्यक्रमबाट विद्यार्थीहरुमा रहेको क्षमता उजागर गर्ने अवसर मिल्ने बताए ।

कार्यक्रममा विद्यार्थीहरुलाई सुपरभाइज गर्न सुपरभाइजर शिक्षकहरु नारायण साह, नविन भट्टराई, दिव्या लालवानी, र सुरज खतिवडालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा कलेजका निर्देशहरु डा. मनोज गुप्ता, प्रदीप भगत, नन्दकिशोर अग्रवाल, साथै कोअर्डिनेटरहरु गणेश दाहाल, मनिष पोखरेल र दीपेश भगत लगायत विविएस तहमा अध्यापन गराउने प्राध्यापकहरुको पनि उपस्थीति थियो ।

कार्यक्रमको संचालन पंकज जैनले गरे  । मेरिल्याण्ड ंद्द लेभलका साथै विविएस तहमा व्यवस्थापन संकाय मात्र अध्ययन हुने उत्कृष्ट शैक्षिक संस्था मानिन्छ ।

स्मरण रहोस् २०८१ सालमा प्रकाशित त्रिभुवन विश्व विद्यालयको विविएस चौथो वर्षको रिजल्टमा मेरिल्याण्डको निशा राजवंशीले नेपालमै सर्वाधिक ८६.४ अंक ल्याई नेपाल प्रथम भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर