खबर पूर्वाञ्चल
आज कोरोना महामारीमा दलित समुदायले भोग्नुपरेको अवस्थाबारे सार्वजनिक गरिएको अनुसन्धान प्रतिबेदनलाई सर्मथन गर्दे सदस्य लक्समले सबैभन्दा पिँधमा पारिएको समुदाय दलित भएको र कोरोना कालमा पनि यो समुदायमै सबैप्रकारले मारमा परेकोले सरकारले बिशेष प्राथमिकता दिनुपर्ने बताएका हुन । उनले कारोनाको मारमा परेका दलित समुदायलाई निर्वाहमुखी राहत दिनुपर्ने , सरकारले कोभिड रोजगारीमा दलित युवाहरुलाई प्राथमिता दिनुपर्नेमा जोड दिए ।
प्रदेश १ जनता समाजबादी पार्टी संसदिय दलका नेता जयराम यादवले कोरोना मारमा परेका दलितहरुका लागि राज्यले सकारात्मक नीति बनाएर प्याकेजमा राहत प्रदान गर्नु पर्नेमा जोड दिए ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ निर्देशक नितु बर्तोलाले महामारीको सममयमा दलित , महिला र सिमान्तकृत समुदाय वढि विभेदमा पर्ने भएकोले उनीहरुलाई सकारात्मक विभेदको आधारमा सेवा प्रदान गर्नुपर्नेमा जोड दिइन्। मानव अधिकार सञ्जाल प्रदेश १ अध्यक्ष डिकप्रसाद घिमिरेले कोरोनाले मारमा परेका दलित समुदायको अवस्था कसैबाट नछिपेकोले सबै तहका सरकार गम्भिर हुनुपर्छ भने । माइती नेपाल मोरङ संयोजक बिनोद पोखरेलले कोरोना कालमा मारमा परेका दलित र गरिबहरुका लागि आफुहरुले निशुल्क भोजन अभियान सञ्चालन गरिरहेको जानकारी गराए ।
गैरसरकारी सँस्था महासंघ मोरङकी उपाध्यक्ष बिष्णु शर्माले कोराना काल अझै नसकिएकोले दलितहरुलाई अझै धेरै समस्या भोग्नु नदिन सबै तहका सरकार सचेत हुनुपर्नेमा जोड दिइन । पत्रकार महासंघ मोरङका सचिव नेत्र अधिारीले कोरोना कालमा स्वाथ्य सामग्री , खादयान्न प्रदानदेखी खोप वितरणमा समेत भेदभाव हुने गरेको बताए ।
अनुसन्धानकर्ता जेवि विश्वकर्माले देशभरिमा कोरोना कालमा दलित समुदायले भोग्नु परेको अवस्था अध्यन गरेका हुन । उनको अध्यन अनुसार कोरोनाले गर्दा दलितहरुले समाजिक , साँस्कृतिक , आर्थिक रुपमा अरुले भन्दा बढि समस्या भोग्नुपरेको छ । कोरोनाले गर्दा दलितहरु दैनिक ज्यालामजदुरीबाट बंचित हुनुपर्दा आत्महत्याका घटना बढेको , चर्को व्याजदरको मार सहनुपरेको , अनलाइन शिक्षाबाट बंचित भएको , अन्र्तजातिय विवाहहरु डिभोर्समा परिणत हुनुपुगेकोदेखि क्वारेन्टनमा समेत दलित भएकै कारण जातिय विभेद भोग्नु परेका घटना भएका छन ।
यसैगरि स्वाथ्य सामग्री उपभोगबाट बंञ्चित भएको कुपोषण र निमोनियाले गर्दा दलितहरुलई कोरोना संक्रमणबाट जोगिन गाह्रो पर्ने गरेको छ ।