पूर्वाञ्चल खबर

तीन मन्त्रीले जिम्मेवारी पाएपनि आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय र खानेपानी सिचाई तथा उर्जा मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्कीसँगै छ । बाँकी मन्त्रालयको भागबण्डा र मन्त्रिहरुको नियुक्ति भने प्रदेशसभाको सभामुखको निर्वाचनपछि गर्ने सहमति दलहरुले गरेका छन् ।
सभामुखको निर्वाचन उपसभामुख अस्ट्रेलियाबाट आएपछि अगाडि बढाउनेगरि सरकारले सहजीकरण गर्ने भएको छ । प्रदेशसभाको बैठक मंसिर १९ गतेलाई तोकिएकोले त्यससँगै सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाउनेबारे छलफल भइरहेको सरकारले जनाएको छ ।