animated ellipse animated ellipse

कोशीका तीन मन्त्रीले पाए जिम्मेवारी, उप्रेतीले पर्यटन, राईले गृह र जवेगुले भौतिक पूर्वाधार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ मंसिर २०८०, आईतवार १६:३९
342
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री कार्कीले करिब एक महिनापछि विनाविभागीय रहेका तीन मन्त्रीहरुलाई आज मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

विनाविभागीय मन्त्री रहेका नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाली काँग्रेसका शमशेर राईले आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । उप्रेती र जवेगु कात्तिक १७ गते मन्त्री नियुक्त भएका थिए भने राई मुख्यमन्त्रीको सपथसँगै असोज २८ गते नियुक्त भएका थिए ।

तीन मन्त्रीले जिम्मेवारी पाएपनि आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय र खानेपानी सिचाई तथा उर्जा मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्कीसँगै छ । बाँकी मन्त्रालयको भागबण्डा र मन्त्रिहरुको नियुक्ति भने प्रदेशसभाको सभामुखको निर्वाचनपछि गर्ने सहमति दलहरुले गरेका छन् ।

सभामुखको निर्वाचन उपसभामुख अस्ट्रेलियाबाट आएपछि अगाडि बढाउनेगरि सरकारले सहजीकरण गर्ने भएको छ । प्रदेशसभाको बैठक मंसिर १९ गतेलाई तोकिएकोले त्यससँगै सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाउनेबारे छलफल भइरहेको सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर