AArya
RUMPUM
animated ellipse animated ellipse

जेन्जी आन्दोलमा प्रहरीको हतियार लुट्ने आदित्य लिम्बूसहित लागुऔषध कारोबारमा संलग्न आठ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ आश्विन २०८२, आईतवार ०९:४६
198
Shares
विराटनगर / प्रहरीको हतियार लुट्ने घटनामा संलग्न ‘जेन्जी’ पुस्ताको एक सदस्यसहित आठ जनाको गिरोह लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर)सहित झापाबाट पक्राउ परेको छ ।

शनिबार साँझ करिब ५ बजे दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविर सेक्टर ए ३ हट नम्बर ३५३ मा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले छापा हानेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

घरको कोठा तलासी गर्दा चस्माको खोलभित्र लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ ।

डिजिटल तराजुमा नापजाँच गर्दा उक्त पदार्थको तौल ७ ग्राम ८ सय मिलिग्राम रहेको पाइएको हो ।

पक्राउ परेकामध्ये आदित्य लिम्बू ‘जेन्जी आन्दोलन’का क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्ने घटनामा समेत संलग्न रहेको खुलेको छ । पक्राउ परेका अर्का व्यक्ति मोरङ मिक्लाजुङ–८ का निश्चल पोर्तेल गत भदौ २४ गते उर्लाबारी प्रहरी हिरासतबाट भागी फरार रहेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अन्य व्यक्तिहरूमा साजन थापा, दिपेश तामाङ , सनम राई , पविन विश्वकर्मा ,सुचन दर्जी र विजय माझी रहेका छन् ।

प्रहरीले बरामद लागुऔषध र पक्राउ परेकालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखेर कारबाही अघि बढाइएको झापा प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर