AArya
RUMPUM
animated ellipse animated ellipse

बीपी जयन्तीका अवसरमा मोरङ कांग्रेसको चार दिने कार्यक्रम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ भाद्र २०७७, सोमबार २१:१०
306
Shares
विराटनगर / मोरङ कांग्रेसले चार दिनसम्म विविध कार्यक्रम गरी बीपी जयन्ती तयारी गरेको छ ।

पार्टीको विराटनगरमा उपलब्ध पदाधिकारी तथा जिल्ला सदस्यहरुको सहभागी भएको बैठकले बीपी जयन्ती मनाउने निर्णय गरेको पार्टी सचिव नागेश कोइरालाले जानकारी दिए ।

भदौ २४, २५,२६ र २७ गते चार दिनसम्म बीपी जयन्ती मनाउने निर्णय गरिएको बताउँदै कोइरालाले भने,“पहिलो दिन बीपीको सालिक भएको स्थानमा माल्यार्पण गरिने छ । लेटाङ र बीपी सेवा केन्द्रमा मनाइने कार्यक्रममा भौतिक दूरी कायम गर्दै सीमित कांग्रेस कार्यकर्ताहरु सहभागी हुनु हुनेछ ।” त्यसको भोलिपल्ट मोरङका १७ स्थानीय तहका सभापति तथा पदाधिकारीसंग भर्चुअल छलफल गरिने कोइरालाले बताएका छन ।

२६ गते ६ वटा क्षेत्रमा क्षेत्रीय सभापतिहरुको सहभागितामा जुम मिटिङ गर्ने र २७ गते जिल्ला कार्यसमितिको बैठक गर्ने कांग्रेसले निर्णय गरेको बताइएको छ । स्थानीय तहसंगको कार्यक्रमको समन्वय उपाध्यक्ष भक्तिनाथ माझी, दोस्रो कार्यक्रम उपसभापति शिवनारायण सिंह गन्गाईले समन्वय गर्ने बताइएको छ । कांग्रेस जिल्लाको कार्यक्रमको समन्वय भने सचिव नागेश कोइरालाले गर्ने र पार्टी सभापति डिबहादुर लिम्बू प्रमुख अतिथि रहने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर