RUMPUM
animated ellipse animated ellipse

जनताको बिचमा बसेर काम गर्ने जनप्रतिनिधि छान्न मतदातालाई बस्नेतको आग्रह

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ कार्तिक २०७९, बुधबार १२:१२
72
Shares
विराटनगर / मोरङ क्षेत्र नं ६ (२) का प्रदेशसभा सदस्य उम्मेदवार पर्शुराम बस्नेतले जनताका बीचमा बसेर काम गर्ने जनप्रतिनिधि छान्न मतदातालाई आग्रह गरेका छन् ।

समाचकेवा उत्सवका अवसरमा अप्पन विराटगढ समाजले आयोजना गरेको कार्यक्रममा नेता बस्नेतले आउँदो आमनिर्वाचनमा आफ्नो गाउँ ठाउँमा बसेर सुख दुखमा साथ दिने जनप्रतिनिधि छान्न आग्रह गरेका हुन् । उनले नेकपा एमालेले देशको विकासको स्पष्ट खाका
कोरेको भन्दै एमालेको नीति तथा नेतृत्वमा सरकार बनाउन सहयोग गर्न अपिल गरे ।

उनले देशमा अधिकारको लागि सबैभन्दा बढी संघर्ष गरेको पार्टी एमाले भएको बताउँदै उनले महिलाको हक अधिकार एमालेलेमात्र स्थापित गराउँने बताए । उनले भने ‘अहिलेसम्म अमेरिकाले त महिला राष्ट्रपति बनाउन सकेको छैन्, नेपालमा एमालेले महिलालाई राष्ट्रपति बनायो । यसबाट एमाले समानता र अधिकारका लागि कति प्रतिबद्ध छ भन्ने स्पष्ट हुन्छ ।’

समृद्धि, पारदर्शिता, राजनीतिक स्थायित्वको पक्षमा एमाले भएकाले अहिले एमालेमा जनलहर बढको बताउँदै बस्नेतले आगामी निर्वाचनमा ढुक्क भएर एमालेलाई मतदान गर्न बस्नेतले अनुरोध गरे । उनले नेपालमा सबैभन्दा उत्तम पार्टी एमाले भएकाले एमालेको सरकार बन्यो भने अधुरा कामहरु पूरा गर्ने र नयाँ परियोजनाहरु कार्यन्वयन गर्न सजिलो हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर