animated ellipse animated ellipse

विभागीय टोली आर्मीलाई स्तब्ध पार्दै भारतको दार्जिलिङ दमक गोल्डकपको अन्तिम चारमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ चैत्र २०७८, आईतवार १८:४७
144
Shares
दमक / विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई स्तब्ध पार्दै भारतको मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।

आज भएको खेलमा दार्जिलिङ विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले फराकिलो गोल अनतरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
दमक नगर खेलकुद विकास समितिको आयोजनामा भएको खेलमा दार्जिलिङको जितका लागि राकेश सिंहले दुई गोल, जेरी पुलामी र विमल कुमारले एक÷एक गोल गरे ।

खेलको २७ औँ मिनेटमा जेरी पुलामीले पहिलो गोल गरे । डिबक्समा रहेका पुलामीले प्रहार गरेको बलले गोलमा परिणत भएको हो । ४७ औँ मिनेटमा राकेश सिंहले दोस्रो गोल गर्दै दार्जिलिङको अग्रतालाई दोब्बर बनाए । उनले गरेको लङ रेञ्ज प्रहार गोलमा परिणत भएको थियो । खेलको ६४ औँ मिनेटमा विमल कुमारले गोल गर्दै दार्जिलिङको अग्रतालाई तेब्बर बनाए । मध्यभागबाट बल लैजाँदै डिबक्सबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । दार्जिलिङले खेलको इन्ज्यरी समयमा थप एक गोल गर्दै ४–० को जित निश्चित ग¥यो । राकेश सिंहले मैदानको मध्यभागबाट बल अघि बढाउँदै गरेको प्रहार गोलमा परिणत भएको थियो । आर्मीले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा हार व्यवहार्दै घर फर्किन बाध्य भयो ।

खेलको म्यान अफ दि म्याच दार्जिलिङका राकेश सिंह घोषित भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । सोमबारको अन्तिम क्वाटरफाइनल खेल विभागीय टोली नेपाल पुलिस क्लब र विदेशी टोली क्यामरुनको एमिनियर फुटबल क्लबबीच हुने आयोजक दमक नगर खेलकुद विकास समितिले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर