RUMPUM
animated ellipse animated ellipse

विराटनगरको एभरेष्ट स्कुलमा स्पोर्ट्स मिट आजदेखि शुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ माघ २०८०, मंगलवार १९:३८
261
Shares
विराटनगर/विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलमा स्पोर्ट्स मिट आजदेखि शुरु भएको छ।

आज एक कार्यक्रमका बिच स्कुलको स्पोर्ट्स मिट शुरु भएको हो। उक्त स्पोर्ट्स मिट माघ ९ गते सुरु भएर माघ १३ गते सम्पन्न हुने स्कुलले जनाएको छ । एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलका प्रिंसिपल टिकाराम पुरीले स्पोर्ट्स मिटको शुभारम्भ गरेका हुन्।

उक्त स्पोर्ट्स मिटमा एथलेटिक्स, गणित दौड,कबडी,म्युजिकल चियर लगायतका खेलहरू खेलाइरहेको कार्यक्रम संयोजक सुधा डङ्गोलले जानकारी दिइन् ।

स्कुलले प्रत्येक वर्ष विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्पोर्ट्स मिट गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर