ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

तस्करीको मटर बरामद

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ मंसिर २०७७, सोमबार १८:२३
693
Shares
विराटनगर / भारततर्फ तस्करी गरि लैजान लागेको मटर सशस्त्र प्रहरीले बरामद गरेको छ । नेपालबाट तस्करी गरि भारतर्फ लैजान लागेको ठूलो परिमाणमा मटर सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण कँकालिनी मोरङबाट खटिएको सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलिले आइतबार राती रंगेली ६ चोपरा नजिकबाट १ सय ५३ बोरा मटर बरामद गरेको हो ।

अबैध रुपमा भारततर्फ लादै गरेको मे १ त २५५ नम्बरको ट्याक्टरमा लोड गरिएको प्रतिबोरा २५ केजी तौल भएको १५३ बोरा मटर बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ३ नं. गण कँकालिनी मोरङका प्रमुख एसपी तर्थी पौडेलले जानकारी दिए । सशस्त्र प्रहरीले बरामद गरेको मटर ३ लाख ६ हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर