पूर्वाञ्चल खबर
इस्लामी सङ्घ नेपालद्वारा नारी दिवसको सन्दर्भमा आज विराटनगरमा आयोजित ‘राष्ट्र व्यापी महिला अधिकार अभियान’ को समापन समारोहलाई उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
मन्त्री कार्कीले नेपाली मुसलमानहरुको नेपालको राष्ट्रिय एकीकरणमा ठूलो भूमिका रहेको चर्चा गर्दै मुस्लिम महिलाहरुको अधिकार धार्मिक ग्रन्थ कुरानमै उल्लेख हुनु निकै रमाइलो पक्ष रहेको बताए । महिलाको बिहे हुने अन्तिम समयमा पनि बिवाह गर्न राजी छौँ कि छैनौँ स्वीकृति लिने प्रचलनले महिला अधिकार स्थापितको एक उदाहरण भन्दै मन्त्री कार्कीले मुस्लिम महिलाहरु अधिकारको लडाईसँगै शिक्षामा पनि अघि बढ्नु पर्ने सुझाव दिए ।
महिला विनाको सृष्टिको सिर्जना हुन नसक्ने भन्दै मन्त्री कार्कीले अधिकार मागेर होइन खोसेर लिन सक्नु पर्छ भने । प्रतिष्ठाबाट स्थापित पद गएपनि मानिसको प्रतिष्ठा रहिरहे बताउँदै मन्त्री कार्कीले नेपाली मुसलमानहरु मेहनती र परिश्रमी रहेको बताए ।
फागुन २० गतेदेखि २६ गतेसम्म सञ्चालन भएको सो अभियान प्रदेश १ मा मुस्लिम बाहुल्यता भएको क्षेत्रमा प्रवचन दिने, चेतना फैलाउन र सुनसरी मोरङ, झापा र उदयपुर तथा कृषि इन्जिनियरिङ क्याम्पस धरान सहित सामुदायिक विद्यालय एवं मदरसा र निजी विद्यालयमा सो अभियान तीव्र गतिमा सञ्चालन गरेको थियो ।