animated ellipse animated ellipse

सहकारी संघको शुभकामना आदानप्रदान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ कार्तिक २०८०, शनिबार १८:२२
756
Shares
विराटनगर /जिल्ला सहकारी संघ लि. मोरङ र जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि. मोरङको संयुक्त आयोजनामा आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।

विराटनगरमा आयोजित सो कार्यक्रममा जिल्लाका सय भन्दा बढि सहकारी संघ र संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारी संघ संस्थाका साथै मुलुकको आर्थिक क्षेत्रमा देखापरेको समष्या क्रमस घट्दै गएको चर्चा गर्दै आउदा दिनमा सामाजिक जनजीवन सहज हुने आशा व्यक्त गरे । उनले हाम्रा सांस्कृतिक पर्वहरूलाई समयानुकूल परिमार्जन गर्न सकेन मात्र दिगो बनाउन सकिन्छ भन्दै त्यसको नेतृत्व सहकारी क्षेत्रले लिनु पर्ने कुरा बताए।

कार्यक्रममा कोशी प्रदेश सहकारी रजिस्ट्रार हरीबहादुर खत्रीले आउदै गरेका चाडपर्वहरु सहकारी क्षेत्रको विकास , विस्तार र शुद्दिकरणमा प्रेरक बन्नसकुन भन्दै शुभकामना दिए।

जिल्ला सहकारी संघ लि.मोरङ एवम कोशी प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला कृषि सहकारी संघका अध्यक्ष रविन्द्र आचार्य, जिल्ला बचत संघ का बरिष्ठ उपाध्यक्ष एकराज निरौला, कोशी प्रदेश बचत संघका सचिव लक्ष्मी सापकोटा, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष माधव अधिकारी, संघका सल्लाहकारहरू रामचन्द्र गौतम, डा.उद्दव पोखरेल, विरेन्द्र यादव, सचिव राकेश दाहाल लगायतले बोले ।

कार्यक्रममा गायक हरिबहादुर खत्रीले आफ्नो सांगेतिक प्रस्तुती प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर