AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विकेभिएम स्कुलद्वारा करिव १२ लाखको छात्रवृति प्रदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ जेष्ठ २०८०, शुक्रबार १५:४३
2.61k
Shares
विराटनगर / विराटनगर–११ मा रहेको विकेभिएम स्कुलले विभिन्न कार्यक्रमको आयोजना गर्दै वार्षिक पुरुसकार तथा स्कुलमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरेको छ ।

वार्षिक पुरस्कार अन्तरगत स्कुलमा प्रथम, दोस्रो र तेस्रो हुने प्रत्येक कक्षाका विद्यार्थीलाई नगद सहित पुरस्कृत गरेको छ । नर्सरीदेखि कक्षा १० सम्मका ३६ जना विद्यार्थीलाई जम्मा ११ लाग ३४ हजार बराबरको छात्रवृति प्रदान गरेको स्कुलले जनाएको छ । स्कुलका प्रशासन प्रमुख रामहरि देवकोटाका अनुसार नगर १० हजारदेखि ७२ हजारसम्मको छात्रवृति दिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर–११ का वडाअध्यक्ष तिर्थेन्द्र न्योपाने, स्कुलका प्रिन्सिपल रविन दाहाल, भाइस प्रिन्सिपल अन्जली दाहाल,स्कुलका प्रशासन प्रमुख रामहरि देवकोटालगायत शिक्षक तथा शिक्षिकाले पुरस्कार वितरण गरे । सोहि अवसरमा स्कूलमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्कुलले स्वागत समेत गरेको छ । स्वागत कार्यक्रममा स्कूलमा अध्ययनरत विद्यार्थीले गित तथा नृत्य गरेर उपस्थित अतिथि तथा अभिभावकलाई मनोरञ्जन परुदान गरेका थिए ।

स्कुलमा नर्सरीदेखि कक्षा १० सम्म २७५० विद्यार्थी अध्ययनरत रहेको प्रशासन प्रमुख देवकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर