विराटनगरमा ‘रेन्डेभु क्याफे’ संचालनमा

खबर पूर्वाञ्चल, ६ जेष्ठ २०७९, शुक्रबार १४:१३
1.42k
Shares
विराटनगर / विराटनगरस्थित हिमालय रोडमा व्यवसायीक रूपमा पहिलो पटक ‘रेन्डेभु क्याफे’ सञ्चालनमा आएको छ । विराटनगरस्थित सेन्ट्रल महलमा रहेको रेन्डेभु क्याफेको शाखाको रूपमा हिमालय सिनेमा हल अगाडी कफीसप आजरदेखि संचालनमा आएको हो ।

नेपालमा कफी पिउने संस्कृति वृद्धि भएपछि यो कफीसप सञ्चालनमा आएको छ । स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गरेर कफीसप संचालनमा ल्याइएको रेन्डेभु क्याफेकी संचालक जुली राईले जानकारी दिइन् । ‘विशेषत पारखीहरूले अर्गानिक कफी रुचाउँछन् । हामीले यही अर्गानिकदेखि विदेशी विभिन्न प्रकारका ग्राहकलाई लक्ष्य गरेर कफीसप संचालनमा ल्याएका हौँ,’ उनले भनिन्, ‘अर्गानिक कफीमा नेपालीहरुको पनि रुची बढ्दो क्रममा छ ।’ उनका अनुसार यो कफीसपमा नेपालमा उत्पादन भएको कफीदेखि अमिरीक्यानो कफी पनि पाइनेछ । ‘थरीथरीका कफीहरू यहाँ पाइन्छ,’ उनले सुनाइन् ।

‘रेन्डेभु क्याफे’ मा पिजा र पास्ता पनि पाइने संचालक भुपाल राईले बताए । ‘रेन्डेभु क्याफेको आकर्षण भनेको यहाँको पिजा र पास्ता पनि हो,’ उनले भने, ‘यहाँ स्वादिलो पिसजा र पास्ता पाइन्छ । हामी ग्राहकहरूको रूची अनुसारको पिजा र पास्ता दिन पनि सफल भएका छौं,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५