animated ellipse animated ellipse

हात्तिको आक्रमणबाट वृद्धको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० मंसिर २०७९, मंगलवार १८:४८
261
Shares
विराटनगर/ मोरङको सुन्दरहरैँचामा एक जना वृद्धको हात्तिको आक्रमणबाट मृत्यु भएको छ ।

हात्ती आक्रमणमा परी स्थानीय ७३ वर्षीय जयप्रसाद बाँस्तोलाको आज मृत्यु भएको हो । उनी श्रीमती जानुकासँग घाँस काट्न जंगलमा गएका थिए ।

मुनालझोडा सामुदायिक वनभित्र घाँस काट्दै गर्दा जंगली हात्ती आएको थियो । भाग्ने क्रममा उनी लडेका थिए । त्यही क्रममा हात्तीले उनीमाथि आक्रमण गरेको थियो ।

श्रीमती जानुकाले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । उनले नजिकै गाउँ पुगेर घटनाबारे जानकारी गराएकी थिइन् ।
गाउँले आएर खोजी गर्दा जयप्रसाद मृत अवस्थामा फेला परेका थिए ।

जयप्रसादको शरीरका विभिन्न भागमा हात्तीले आक्रमण गरेको चोटपटक पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर