RUMPUM
animated ellipse animated ellipse

१ सय ५० परिवारलाई राहत वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० जेष्ठ २०७७, शनिबार १८:१३
3
Shares
विराटनगर/विपन्न १ सय ५० परिवारहरुलाई युवा समूहले खाद्यान्न राहत वितरण गरेका छन् ।

विराटनगर महानगरपालिका वडा न.ं ११ का युवा मनिष गुरुङ एवं समूहले आफ्नो व्यक्तिगत रकममा बन्दाबन्दीको कारण दैनिक घरमा चुल्हो बाल्न समस्या भएका १ सय ५० परिवारलाई खाद्यान्न राहत वितरण गरेका हुन् ।

सामाजिक दुरी कायम गरी कुपन मार्फत वितरण गरिएका राहतमा १० किलो चामल, नून, आलु प्याज,दाल, खानेतेल, सावुन र मास्क रहेको छ ।

विपन्न परिवारका नागरिक र बालवालिकालाई भोर्कै सुत्न नपरोस भन्नका लागि केही सहयोग गरौ भन्ने उद्देश्यले व्यक्तिगत रुपमा खाद्यन्न उपलव्ध गराएको दाता मनिष गुरुङले बताए ।

विराटनगर ११ निवासी विपन्न महिला निशा साहले प्राप्त राहतले घरका बालबच्चालाई जाउँलो भएपनि केही दिन पेटभरी खुवाँउन पाउँदा खुशी लागेको बताइन् ।

समूहले केही दिन अगाडि तीन सय परिवारलाई राहत वितरण गरेको थियो भने आगामी वुधवार दुई सय परिवारलाई राहत वितरण गर्ने गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर