AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

छिमेकीको हत्यामा संलग्न २ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ आश्विन २०८२, बुधबार १७:०३
126
Shares
झापा / झापाको विर्तामोड नगरपालिका ७ का ३६ बर्षीय फुर्बा तामाङको हत्यामा संलग्न २ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विर्तामोड ७ का २८ बर्षीय प्रेमकुमार राई र ३३ बर्षीय रामकुमार राई रहेका छन । असोज ७ गते विहानको राती के कुन समयमा आफ्नै घरमा रहेका तामाङलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खवर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट घटनास्थलमा खटिएको प्रहरी टोलीले हत्यामा संलग्न दुई जनालाई घटनामा प्रयोग भएको खुकुरी सहित पक्राउ गरेको हो ।

मृतक लासको कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ भने हत्यामा संलग्न दुबैजनाको कर्तब्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर