खबर पूर्वाञ्चल
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित वैदेशिक रोजगारी फर्केका व्यक्तिहरुको पुनः एकीकरणमा सम्बन्धमा सञ्चारकमीहरुसँग छलफल तथा समन्वय बैठकमा सहभागीहरुले वैदेशिक रोजगारबाट फर्केकाहरुको सामाजिक , आर्थिक र शिपलाई उद्यमी बनाउने लक्ष्यले कार्य गरेमा मुलुक समृद्धितर्फ डो¥याउन सकिने धारणा राखेका छन् ।
सामाजिक विकासमन्त्री पाँचकर्ण राईले कार्यक्रमको उद्घाटन गर्दै सरकारले वैदेशिक रोजगारबाट फर्केकाकालाई समाजमा आर्थिक रुपमा व्यवस्थापन गर्न नीति तथा कार्यक्रम ल्याएको जानकारी दिए ।उनले विदेशबाट फर्केकाहरुको शिपलार्य राष्ट्रिय पँजीको बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिए ।
मन्त्रालयका निमित्त सचिव दामोदर फुयाँल, नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष शुसिला पाठक, वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण( रेमी)परियोजनाकी प्रदेश अध्यक्ष सपना थापाले विदेशबाट फर्केका जनशक्तिहरुको शिपलाई उत्पादनसँग जोडेमा मुलुकको आर्थिक समृद्धिका कायम गर्न सकिने सुझाव दिएका छन् ।
सो अवसरमा बैदेशिक रोजगारीबाट फर्केका मोरङ केरावारी गाउँपालिका–१० की जीवनकुमारी राई र सुनसरी रामधुनि नगरपालिका–१ की सकुन्तला अधिकारीले विदेश रोजगारीमा जाने देशको भाषा एवं शिप सिकेर गएमा सम्मानजनक रोजगारी र उचित पारिश्रमिक प्राप्त हुने भएकाले यसतर्फ विशेष ध्यान दिनु जरुरी रहेको धारणा राखे ।
समन्वय बैठकमा सञ्चारकर्मीहरु गणेश लम्साल, गोकुल पराजुली, अनुज सापकोटा,बाबुराम निरौला लगायतले विज्ञासा राखे ।
डा.चन्द्रप्रसाद उपाध्यायले सचेतना अभिवृद्धिमा सञ्चारकर्मीहको भूमिका र सामाजिक विकास मन्त्रालयका शम्भुप्रसाद साहले श्रम रोजगार क्षेत्रमा गरेका काम सम्बन्धी कार्यपत्र प्रस्तुत गरे ।