खबर पूर्वाञ्चल
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित कुराकानी गर्दै नेता कोइरालाले टिकटक बन्द नगरी नियमन गर्नुपर्नेमा उनले जोड दिए । कोइरालाले अमेरिकासहित विश्वका अन्य मुलुकले कार्यालय समयमा टिकटक बन्द गरेको उदाहरण दिए । कोइरालाले सरकार झनझन गैरजिम्मेवार बन्दै गएको आरोप समेत लगाए ।
कोइरालाले नेताहरुका कारण गणतन्त्र सही बाटोमा हिंड्न नसकेको दाबी गरे । गणतन्त्र राम्रो व्यवस्था भए पनि राजनैतिक दलहरुका कारणले गणतन्त्रमाथि प्रश्नचिन्ह खडा भएको उनको भनाइ थियो । त्यस्तै कोशी प्रदेशसभाका कांग्रेसका माननीयहरुका कारण कांग्रेस बचेको उनले बताए । कोइरालाले कोशीमा एमालेसहितको सहमतीय सरकार बनाउन आफूले पहिलादेखि नै जोड दिँदै आएको स्मरण समेत गरे ।