बुद्धोदय सहकारीको निक्षेप ११ करोड १ लाख

खबर पूर्वाञ्चल, १८ मंसिर २०७९, आईतवार १९:०७
234
Shares
विराटनगर / विराटनगर महानगरपालिका ३ मा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लि. ले आर्थिक वर्षमा ११ करोड भन्दा बढी रकम निक्षेप गर्न सफल भएको छ ।

सहकारीको विराटनगरमा आज भएको १४ औं वार्षिक साधरण सभामा सार्वजानिक गरेको आर्थिक प्रतिवेदन अनुसार सहकारीले आर्थिक वर्ष २०७८÷०७९ मा ११ करोड १ लाख ५३ हजार ९६७ रुपैयाँ निक्षेप गर्न सफल भएको हो ।

२०६५ मंसिर १८ गते स्थापना भएको सहकारीको आर्थिक वर्षको असार मसान्तसम्म सहकारीमा ८५५ जना सेयर सदस्य रहेका छन् । जसमा ४५७ महिला र ३९८ पुरुष रहेका छन् । सहकारीका लेखा समितिका संयोजक अविनाश कुमार निधिले प्रस्तुत गरेको लेखा प्रतिवेदन अनुसार आर्थिक वर्षको असार मसान्तसम्ममा २ करोड ५५ लाख ५८ हजार ८ सय रुपैयाँ शेयर पुजी रहेको छ । यस्तै नगद तथा बैंक मौज्जाद २ करोड २ लाख ६१ हजार १६० रुपैयाँ, ऋण लगानी १२ करोड २६ लाख ३६ हजार रुपैयाँ रहेको छ । यस्तै सहकारीको जगेडा कोेष तथा अन्य कोष २ करोड ३८ लाख ५० हजार ३४२ रहेको लेखा समितिका संयोजक निधिले जानकारी गराए ।

कार्यक्रममको प्रमुख अतिथि मोरङ क्षेत्र नं. ४(२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका भीम पराजुलीले छरिएर रहेको पूजीलाई एकीकृत गरी राष्ट्रिय निर्माणमा सहकारीको भूमिका ठुलो रहेको बताए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक प्रभू पोखरेलले केही सहकारीको कारणले सहकारी क्षेत्रको बदनामी भएकाले सदस्यहरुको मन जित्नेगरी काम गरिनुपर्ने बताए ।

कार्यक्रममा सहकारीका अध्यक्ष राजेन्द्र प्रसाद खनाल, विराटनगर ३ का वडाअध्यक्ष बासुबहादुर बस्नेत, नागरिक उड्यन प्राधिकरण पुर्व महानिर्देशक राजकुमार क्षेत्रीलगायतले बोलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५