animated ellipse animated ellipse

मोरङमा मतगणना सुरु गर्ने तयारी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ मंसिर २०७९, सोमबार ०८:४४
189
Shares
विराटनगर / हिजो सम्पन्न निर्वाचनकोे मतगणना मोरङमा सुरु गर्ने तयारी भएको छ । आज सर्वदलिय बैठक पछि मोरङको तीन वटा क्षेत्रको मतगणना सुरु गर्ने तयारी भएको हो ।

मतगणना सुरु गर्नका लागि सर्वदलिय बैठक बस्न लागेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

मोरङ क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना विराटनगरको आदर्श माविमा हुँदैछ । बैठकपछि गणना सुरु गर्ने उनले बताए ।

क्षेत्र नं. १ को उर्लाबारी नगरपालिका कार्यालय, २ को रतुवामाईको विश्वनाथ मन्दिर र क्षेत्र नम्बर ३ को भगवती मावि, बेलबारीमा मतगणनाको तयारी भईरहेको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिए।

हिजो सम्पन्न भएको निर्वाचनमा मोरङमा ६६ दशमलव २२ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर