सरकार उद्योगीको समस्याप्रति गम्भिर रहेको छ : मन्त्री वडू

खबर पूर्वाञ्चल, १० श्रावण २०७९, मंगलवार २०:१७
180
Shares
विराटनगर / उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद वडूले मुलुकको व्यापार घाटा कम गर्न उद्यमीहरुले आद्योगिक उत्पादनको निर्यात वढाउनु पर्ने बताएका छन् ।

मोरङ व्यापार सङ्घले आज विराटनगरमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री बडुले बर्तमान सरकार आयात प्रतिस्थापना गर्नका लागि निजी क्षेत्रका उद्यमीहरुले स्थापना गर्ने निर्यातजन्य उद्योग स्थापनामा आवश्यक सहयोग गर्न तत्पर रहेकोले त्यसतर्फ ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिए ।

मन्त्री वडूले सरकारले यस वर्षको वजेटमा निर्यात गर्ने उद्योगहरुलाई नगद अनुदान र विद्युत महशुलमा छुट दिएको स्मरण गराउँदै सरकारले उद्योग स्थापनामा सहज पु¥याउनका लागि एकविन्दु सेवा अवधारणा ल्याएको जानकारी दिए ।

मन्त्री बडुले एैतिहासिक, राजनीतिक जागरणको रुपमा रहेको विराटनगर जुट मिल सञ्चालनका सम्वन्धमा आवश्यक मोडालिटिको अन्तिम तयारीमा रहेको बताए ।

मन्त्री वडूले सरकार उद्योगीको समस्याप्रति गम्भिर रहेको भन्दै ध्यू तेल, वायर सम्वन्धी उद्यमीका समस्या समाधान गर्ने विश्वास दिलाए । उनले सुनसरीमा औद्योगिक क्षेत्र निर्माणका लागि वजेट विनियोजन भएको भन्दै निर्माण हुने औद्योगिक क्षेत्र निर्माणले मुलुकको आर्थिक समृद्धि कायम हुनुका साथै यस क्षेत्रमा रोजगारी वृद्धि भै आर्थिक चलायमान हुने बताए ।

मन्त्री वडूले विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माण कार्यका लागि बजेटको व्यवस्था हुने र यसले मुलुकको व्यापार प्रवद्र्धनमा ठूलो टेवा दिने बताए । उनले भारतको वथनाहाबाट मोरङको कटहरीसम्म १८ किलोमिटर कार्गो रेल सञ्चालनका लागि मुआव्जा सम्वन्धि विवाद अविलम्व समाधान गर्न जिम्मेवार निकायको ध्यानाकर्षण गराउने विश्वास दिलाउँदै रेल सञ्चालनबाट उद्यमीको ढुवानी भाडा वचत हुनुका साथै यस क्षेत्रको आद्योगिककरणमा सघाउ पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५