animated ellipse animated ellipse

५६ औं संस्करणको राधाकृष्ण रथयात्रा आज निकालिँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ भाद्र २०८१, मंगलवार ०८:५४
180
Shares
विराटनगर /विराटनगरको साँस्कृतिक पहिचान बनिसकेको राधाकृष्ण रथयात्राको ५६ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिँदैछ ।कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा आज दिउँसो साढे ३ बजेबाट सुरु हुनेछ ।

विसं १९८८ मा मन्दिरबाट खटयात्रा सुरु भएको थियो । २०२४ सालदेखि रथयात्रा गरिँदै आएको छ । रथयात्रासँगै खटयात्रा पनि गराइनेछ । रथयात्रामा नेपाल र भारतका भक्तजन सहभागी हुनेछन् । खटको ९३ औं र रथको ५६ औं संस्करण हो ।

विराटनगरको राधाकृष्ण मन्दिर तिनपैनीबाट सुरु हुने रथयात्रा तीनपैनी चोक, मेनरोड, ट्राफिक चोक ,रोडशेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी चोक, दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिरमै आएर समापन हुने आयोजक समितिले जनाएको छ ।

आकर्षक रुपमा सजिएको रथमा राधाकृष्ण युगल जोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराइन्छ । रथयात्राको सम्पूर्ण तयारी पूरा भएको मूल समारोह समितिले जनाएको छ ।

रथ गुड्ने ९ किलोमिटर लामो रुटमा ४३ स्थानमा रथ रोक्ने व्यवस्था मिलाइएको छ । रथ रोकिने स्थानमा श्रद्धालु भक्तजनहरूलाई राधाकृष्ण रथयात्राको लठ्ठा छुने, तान्ने र रथको दर्शन गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । रथयात्रा हुने रुटमा पर्ने विभिन्न प्रकारका तारहरुको व्यवस्थापन विराटनगर महानगरपालिकाले गरिसकेको जनाइएको छ ।

राधाकृष्ण रथयात्रालाई ऐतिहासिक बनाउन साँस्कृतिक झाँकीहरु निकालिने छ । रथ यात्रालाई व्यवस्थित बनाउन प्राथमिक उपचार टोलीहरुसहित एम्बुलेन्सहरु साथै रहने जनाइएको छ ।

अत्यधिक जनसहभागिता हुने रथयात्रामा प्रहरीले सुरक्षा सतर्कता पनि अपनाएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले सम्भावित जोखिम नियन्त्रणका लागि सतर्कता अपनाइएको बताए । भिडभाडमा आपराधिक प्रवृत्तिका मानिसहरूबाट चोरी, लुटपाट, पाकेटमारीलगायतका अवाञ्छित गतिविधि हुनसक्ने भएकाले सर्वसाधारणलाई पनि सतर्कता अपनाउन उनले आग्रह गरे ।

प्रहरीले बहुमूल्य गरगहनाहरू नलगाउन, नगद र बहुमूल्य सामग्रीहरू साथमा नल्याउन, रथयात्राको मार्ग र समारोहस्थल वरपर सवारी साधन पार्किङ नगर्न समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर