साहित्यकार कविराज पोखरेलको निधन

खबर पूर्वाञ्चल, ४ जेष्ठ २०७८, मंगलवार १८:२६

विराटनगर / अग्रज गजलकार ५७ वर्षीय कविराज पोखरेलको आज निधन भएको छ ।

लामो समयदेखि मृगौला रोगबाट पीडित पोखरेलको आफ्नै निवासमा निधन भएको हो । पोखरेल तीसको दशकदेखि नेपाली साहित्यमा सक्रिय थिए । लामो समय नेपाल बैंकमा काम गरेका उनी गजल र कविता लेखनमा अब्बल मानिन्छन् । उनका ‘नायिका’ खण्डकाव्य, ‘झण्डाहरू फाटेपछि’, ‘घरपट्टीकी छोरी र गल्लीहरू’ गजलसङ्ग्रह प्रकाशित छन् । उनी प्रदेश सरकारसहित विभिन्न संघसंस्थाबाट पुरस्कृत र सम्मानित भइसकेका छन् ।

दाजुकै प्रेरणाबाट साहित्यमा लागेको बताउने सहोदर भाई भेषराज पोखरेलले परिवारले नै अभिभावक गुमाएको बताए । कविराजले गजल लेखनमा छुट्टै पहिचान बनाएका छन् । विराटनगरले एउटा सशक्त स्रष्टालाई गुमाएको अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेलको प्रतिक्रिया छ । “छन्द साहित्य र गजल लेखनमा कविराजजीको छुट्टै पहिचान थियो,” पोखरेलले भने, “गजल साहित्यका लागि अपूरणीय क्षति पुगेको छ ।”

युवा र नयाँ पुस्ताका लागि उनी प्रेरक रहेको युवा साहित्यकार एवं पत्रकार मीनकुमार नवोदितको भनाइ छ । पोखरेलले नयाँ र युवा लेखकलाई अगाडि बढ्न सधैं हौसला दिने गरेको नवोदितले स्मरण गरे । साहित्यप्रति हुरुक्कै हुने उनी शारीरिक अस्वस्थ हुँदाहुँदै पनि विराटनगरका साहित्य गोष्ठीहरूलाई छाड्दैनथे । पोखरेलका श्रीमती कौशल्या, छोरा किन्जल र छोरी कृतज्ञा छन् । उनको आजै विराटनगर होटखोलास्थित विश्रान्ति घाटमा अन्त्येष्टि गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

NBC-2078
RBB-2078
Arniko
BHANU COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५