AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको अरनीको कलेजले गर्यो कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ जेष्ठ २०८३, शनिबार १८:१०
90
Shares
विराटनगर / विज्ञान संकायमा विशिष्ट पहिचान बनाएको विराटनगरस्थित अरनीको कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

कलेजले आज र भोली गरी दुई चरणमा विद्यार्थीहरूलाई शैक्षिक वातावरण र कलेजको पद्धतिबारे जानकारी गराएको हो।

विराटनगरस्थित कञ्चनजंघा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा यस शैक्षिक सत्रमा भर्ना भएका १ हजार २ सय ५३ जना विद्यार्थीलाई अभिमुखीकरण दिने छ । कलेजका अनुसार आज ‘बायो ग्रुप’ का विद्यार्थीहरूका लागि कार्यक्रम गरिएको थियो भने भोली कम्प्युटर विज्ञानका विद्यार्थीहरूलाई सहभागी गराइयो।

कार्यक्रममा विद्यार्थीहरूलाई उत्प्रेरणा जगाउन र शैक्षिक लक्ष्य निर्धारणका लागि प्रसिद्ध ‘मोटिभेटर’ .डा तारा गिरीले सहजीकरण गरेका थिए। उनले विद्यार्थीहरूलाई बदलिँदो परिवेशमा कसरी सफल हुने र अध्ययनलाई रुचिपूर्ण कसरी बनाउने भन्नेबारे प्रशिक्षण दिएका थिए।

सोही अवसरमा कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पुरस्कार समेत वितरण गरेको छ। ३.९१ जीपीए ल्याउने विद्यार्थी जेभी प्रवीणलाई ‘राजबहादुर तथा कमला कुँवर छात्रवृत्ति’ प्रदान गरियो। त्यस्तै, कलेजको प्रवेश परीक्षामा उत्कृष्ट हुने सुयोग पोखरेल, प्रिन्स मण्डल, द्वितीय हुने कुलानन्द कुमार यादव र तृतीय हुने रोहितकुमार साहलाई पूर्ण छात्रवृत्तिसहित सम्मान गरिएको छ।

विद्यार्थीहरूलाई कदरपत्र तथा पुरस्कार वितरण गर्दै कलेजका प्रिन्सिपल राजेश कार्कीले विद्यार्थीहरूलाई भयरहित र अनुशासित वातावरणमा अध्ययन गर्न आग्रह गरे। ‘लगनशीलता नै सफलताको कडी हो,’ उनले भने, ‘विद्यार्थीको क्षमता प्रस्फुटनका लागि कलेजले सधैं उपयुक्त मञ्च र वातावरण प्रदान गर्नेछ।’

कार्यक्रममा कलेजका निर्देशक भरतराज दाहालले स्वागत मन्तव्य राख्दै अरनीकोको शैक्षिक विरासतलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। कलेजका संयोजक विकास खनालले कलेजका नियम, अनुशासन र विद्यार्थीहरूले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रस्ट पारेका थिए।

औपचारिक कार्यक्रमका बीच कक्षा ८ र कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले गायन तथा नृत्यसहितका विभिन्न सांगीतिक प्रस्तुतिहरू दिएर नयाँ सहपाठीहरूको स्वागत एवं मनोरञ्जन गराएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर