साउथ एशियन युथ टेबल टेनिस च्याम्पियनसिप विराटनगरका बाँनिया सहभागि हुँदै

खबर पूर्वाञ्चल, २८ बैशाख २०८०, बिहीबार १३:४८
846
Shares
विराटनगर / भारतको अरुनाञ्चल प्रदेशको राजधानी इटानगरमा विराटनगर निवासी विश्व बाँनियाले साउथ एशियन युथ टेबल टेनिस च्याम्पियनसिप २०२३ मा सहभागीता जनाउने भएका छन् ।

आउदो मे १४ देखि १७ सम्म टेबल टेनिस फेडेरेसन अफ इण्डियाको आयोजनामा हुन गइरहेको साउथ एशियन युथ टेबल टेनिस च्याम्पियनसिप २०२३ मा बाँनिया सहभागि हुने भएका हुन् । विराटनगर ३ स्थित स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरका प्रशिक्षक विकेन थापा तथा अन्य सदस्यहरुले १६ हजार र सेन्टरको टीशर्ट प्रदान गरि शुभ यात्रा एवं सफलताको कामना गर्दै विदाइ गरेको छ। गत साता सुनसरी टेबुल टेनिस संघको आयोजनामा धरानमा सम्पन्न भएको स्व.लीला श्रेष्ठ सुब्बा स्मृति राष्ट्रिय टेबुल टेनिस प्रतियोगीतामा बाँनियाले अन्डर-१९ र पुरुष एकल दुवै स्पर्धा जितेर दोहोरो उपाधी जितेका थिए ।

विराटनगर टेबल टेनिस क्लबका अध्यक्ष समेत रहेका थापाका अनुसार कोशी प्रदेशको विराटनगरबाट बाँनियाले अन्डर-१९ तथा धरानका सिद्धार्थ तामाङले अन्डर-१५ मा नेपालबाट प्रतिनिधित्व गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५