खबर पूर्वाञ्चल
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ७ सय ३९ जनाको परीक्षणमा थप २७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार ३ सय ७ जना संक्रमित निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या ६० हजार ६ सय ९६ जना पुगेको छ ।
देशभर २१ हजार २ सय ३४ जना सङ्क्रमितको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै हालसम्म मृत्यु हुनेको संख्या ५ सय २० पुगेको छ।