AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले लिए शपथ, थापालाई मुख्यमन्त्री बनाउन सभामुखबाट राजीनामा दिएका गौतम भए अर्थ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ श्रावण २०८०, बुधबार १७:५८
225
Shares
विराटनगर / कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई आज साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका ४७ सांसदको समर्थन पाएका थापालाई मंगलबार खापुङले मुख्यमन्त्री नियुक्त गरेका थिए । यसअघि २१ असारमा पनि मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएको कारण सर्वाेच्च अदालतले पदमुक्त गरिदिएको थियो ।

मंगलबार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएपछि गठबन्धनले उनलाई मुख्यमन्त्रीको रुपमा अगाडि सारेको हो । थापाले आजै गरेको मन्त्रिमण्डल माओवादी केन्द्रका बाबुराम गौतम, नेकपा एकीकृत समाजवादीका कमल जबेगु र काँग्रेसका प्रदिपकुमार सुनुवारलाई मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका मन्त्रीहरुले पनि प्रदेश प्रमुखसामु पद तथा गोपनियताको शपथ लिएका छन् । गौतमले आर्थिक मामिला तथा योजना, जबेगुले भौतिक पूर्वाधार विकास र सुनुवारले खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सरकार निर्माणको लागि सभामुख पदबाट राजीनामा दिएका गौतम मुख्यमन्त्रीपछिको बरियतामा आर्थिक मामिला मन्त्री नियुक्त भएका हुन् । जबेगु र सुनुवासर असार २१ गते मुख्यमन्त्री बन्दा पनि थापाले मन्त्रीमा नियुक्त गरेका थिए । तर, उनीहरुले मन्त्रालयको जिम्मा नपाई सर्वाेच्चको आदेशमा पदमुक्त हुनुपरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर