विराटनगर / नेपाली कांग्रेस कोशी प्रदेश समितिले केही दिन आगाडि बर्षाको कारण आएको वाढी र पहिरोबाट मृत्युवरण गरेका नागरिहरुप्रति हार्दिक श्रद्धान्जली र शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
नेकां प्रदेश समितिका प्रवक्ता यदु विष्टद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा वाढी र पहिरोबाट घाइते भएकाहरुकोे शिघ्र स्वास्थ्य लाभको कामना सहित निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध गरेका छन् । साथै मृतक र पीडित परिवारलाई विशेष राहत उपलव्ध गराउन सरकारसँग माग गरिएको छ ।
मुलुकमा अहिले देखिएको जटिल परिस्थितिमा नेकांका सम्पूर्ण कार्यकर्ताहरुलाई राहत एवं उपचार कार्यमा सक्रिय रुपमा लाग्न पत्रकार सम्मेलनमा अनुरोध गरिएको छ । उनले वाढी पहिरोका कारण काठमाण्डौ र कोशी प्रदेशको विभिन्न जिल्लाहरुको विराटनगरसँग जोडने सडकहरु यथाशिघ्र सञ्चालन ल्याउन सरकारलाई अनुरोध गरे ।
पत्रकार सम्मेलनमा कालाबजारी, महंगी, भ्रष्टाचार नियन्त्रण गर्नका लागि सम्वन्धित सरोकारवालाई निकायहरुलाई आग्रह गर्दै आम नागरिकहरु पनि सचेत रहन अनुरोध गरिएको छ । नेकां प्रदेश कार्यसमितिले पूर्णता प्राप्त गरी हालसम्म २२ बटा विभागहरु गठन भईसकेको र चाँडै प्रदेश सम्मेलन गरिने जानकारी प्रवक्ता विष्टले दिए ।
तपाईको प्रतिक्रिया