गायिका रचना रिमालले तताइन विराट ट्रेड फेयरकोा माहोल
पूर्वाञ्चल खबर
३० आश्विन २०८३, शुक्रबार ०८:२६
3
Shares
विराटनगर / विराटनगरमा जारी विराट ट्रेड फेयर–२०८३ मा विहिबार राती गायिका रचना रिमालले माहोल तताएकी छिन् ।
विराटनगरस्थित जैन भवनमा विराट व्यापार संघको आयोजनामा असोज २२ गतेदेखि ३० गतेसम्म चालु रहेको विराट ट्रेड फेयरमा विहिबार राती करिव साढे ८ बजेर २९ मिनेटमा स्टेट चढेकी गायिका रिमालले प्रस्तुति दिँदा विराट ट्रेड फेयरमाको माहोल तातेको थियो । अहिलेकी पुस्तामा निकै नै लोकप्रिय गायिका रिमालले मिनर वाटर म त खान्न क्वाटर भन्नेगित गाउँदा विराट ट्रेड फेयरमा उपस्थित दर्शकहरु निकै रोमाञ्चिक भएर नाचेका थिए । गायिका रिमालकोे करिव ४० मिनेटको प्रस्तुतिले विराट ट्रेड फेयरमा उपस्ति दर्शकले भरपुर मनोरञ्जन दिएका थिए ।
गायिका रिमालले फोटो फेरेमा , उनको प्रिति कहिले हो, बसन कान्छी, अच्छा लेकिन लण्डनको चिसो समाउलालगायतका बोलको गितबाट प्रस्तुति दिँदा दर्शकको हुटिङले केहीवेर विराट ट्रेड फेयरको माहोल तातेको थियो । तस्वीर : पुष्पराज थपलिया