animated ellipse animated ellipse

९० वर्षीया बृद्धासहित प्रदेश १ मा ५७ जनाले जिते कोरोनालाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ श्रावण २०७७, बुधबार २०:३७
3
Shares
विराटनगर / प्रदेश १ मा ९० वर्षीया बृद्धासहित ५७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगर–६ की ९० वर्षीय वृद्धाले कोरोना संक्रमण जितेर घर फर्किएकी छिन् । उनलाई एक साताअघि कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा उपचाररत वृद्धा आज संक्रमणमुक्त भएर घर फर्किएकी हुन् ।

उनलाई प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासलगायतले बिदाई गरे । मोरङका २६, झापाका १६, सुनसरी र इलामका ६–६, धनकुटा, उदयपुर र ते¥हथुमका १–१ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय ८७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर