खबर पूर्वाञ्चल
अन्दाजी २७ वर्षीय एक जना पुरुष आज दिउँसो मृत भेटिएका हुन् । अहिले घटनास्थलमा इलका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वको टोली घटना स्थलमा पुगेको छ ।
घटनाको मुचुल्का उठाएर थप अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ । मृतकको शव पोस्मार्टमको लागि विराटनगरस्थित कोशी अस्पताल पठाउने तयारी गरिएको छ । मृतक लागूऔषध प्रयोगकर्ता हुनसक्ने प्रहरीले आशंका गरेको छ । लागूऔषध बढी सेवन गरेको कारणले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
तपाईको प्रतिक्रिया