प्रदेश १ मा संक्रमण दर बढ्दै आज एकै दिन १२०१ जनामा संक्रमण पुष्टि, बुधबार भन्दा २७९ ले बढी

खबर पूर्वाञ्चल, २१ श्रावण २०७८, बिहीबार १७:२८

विराटनगर / प्रदेश १ मा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १ हजार २०१ जनामा संक्रमण पुष्टि भएको छ । यो बुधबार भन्दा २७९ ले बढी हो । बुधबार ९२२ जनामा संक्रमण देखिएको थियो ।

२ हजार ११९ जनाको पीसीआर परीक्षण गर्दा ७३७ र १ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४१८, मोरङमा १७२, सुनसरीमा ८५, इलाममा २२, धनकुटामा १६, उदयपुरमा ९, भोजपुरमा ३, पाँचथर, ताप्लेजुङ, सोलुखुम्वु, संखुवासभा, ते¥हथुम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा १२२, दमकमा ६५, कनकाईमा ५६, अर्जुनधारामा ४६, मेचीनगरमा ३१, शिवसताक्षीमा २६, भद्रपुरमा २२, बुद्धशान्ति र कमल गाउँपालिकामा १२–१२, गौरादहमा ९, हल्दिबारीमा ५, बा¥हदशी र स्थानीय तह नखुलेका ४–४, गौरीगञ्जमा ३, झापा गाउँपालिकामा १, मोरङको विराटनगरमा ७२, पथरीशनिश्चरेमा ४६, उर्लाबारीमा १७, सुन्दरहरैचामा ७, बुढीगंगामा ६, लेटाङ र बेलबारीमा ४–४, रंगेलीमा ३, ग्रामथान, केराबारी, रतुवामाई, कानेपोखरी, मिक्लाजुङ र धनपालथानमा २–२, सुनबर्षीमा १ जनामा संक्रमण देखिएको छ ।

उता सुनसरीको धरानमा ४८, इटहरीमा २७, इनरुवामा ५, बराहक्षेत्रमा ३, भोक्राहानरसिंह र दुहवीमा १–१, इलामको इलाम नगरपालिकामा ११, माईमा ५, चुलाचुली र रोङमा ३–३, धनकुटाको धनकुटा नगरपालिकामा १२, पाख्रिबासमा २, महालक्ष्मी र शहिदभूमीमा १–१, उदयपुरको त्रियुगामा ७, चौदण्डीगढी र बेलकामा १–१, भोजपुरको अरुणमा २, पौवादुङ्मामा १, पाँचथरको हिलिहाङ, ताप्लेजुङको श्रीजंगा, सोलुखुम्वु, संखुवासभाको खाँदबारी, ते¥हथुम र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २९२ महिला र ३४१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ८ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५