AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नोबेलमा ११ सहित प्रदेश १ मा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या ९२५ पुग्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ जेष्ठ २०७८, बुधबार १९:३२
2.35k
Shares
विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ । यो सँगै प्रदेशमा मृत्यु हुनेको संख्या २७५ महिला र ६५० जना पुरुष गरी ९२५ पुगेको छ ।

प्रदेश १ को विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टामा २२ जना संक्रमणको मृत्यु भएको सामाजिक विकाश मन्त्रालयले जनाएको हो ।

मृत्यु हुनेमा ९ महिला र १३ पुरुष रहेको मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी मोरङका ८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा रहेको छ । यस्तै झापाका ५, सुनसरीका ३, धनकुटाका २ र उदयपुरमा १ जना तथा प्रदेश १ बाहिरका ३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक रहेको छ ।

विराटनगरको नोबेल मेडिकल कलेज विराटनगर सवैभन्दा बढी ११ जनामा मृत्यु भएको छ भने कोशी कोभिड उपचार केन्द्र र धरानको विपि विज्ञान प्रतिष्ठानमा ३–३ जना, मेची कोभिड असपताल भद्रपुर र अन्य आइसोलेनसमा २–२ जना र होम आइसोलेनसमा १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर