AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङमा थप १३ संक्रमितको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ जेष्ठ २०७८, मंगलवार १३:४३
3.36k
Shares
विराटनगर /पछिल्लो १४ घण्टामा मोरङमा थप १३ जना संक्रमितको मृत्यु भएको छ मोरङका विभन्न अस्पतालमा हिजो राती ८ बजेदेखि आज दिउँसो सम्ममा १३ जना संक्रमितको मृत्यु भएको  हो ।
नोबेल शिक्षण अस्पताल विराटनगरमा ८, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराटनगर र विराट शिक्षण अस्पताल, बुढीगंगामा २–२ र न्युरो अस्पतालमा १ संक्रमितको मृत्यु भएको हो ।

मोरङको जहदा –१ का ३२ वर्षीय पुरुषको आज बिहान ७ बजेतिर मृत्यु भएको छ । नोबेल अस्पतालका प्रवन्धक नारायणप्रसाद दाहालका अनुसार विराटनगर महानगरपालिका–३ का ७९ वर्षीय पुरुष, विराटनगर–१३ की ३१ वर्षीया महिला, मोरङको सुन्दरहरैँचा नगरपालिका–१० की ६५ वर्षीया महिला, संखुवासभाको खाँदबारी नगरपालिका–७ का ५९ वर्षीय पुरुष, सुनसरीको इटहरी उपमहानगरपालिका–१७ की ७० वर्षीया महिला, सप्तरीको राजविराज–९ की ७० वर्षीया महिला, सर्लाही बरमपुरी–७ का ३२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । उनीहरु सवैको आज विहान मृत्यु भएको दाहालले बताए ।

विराट शिक्षण अस्पताल बुढीगंगामा विराटनगर–५ की ५० वर्षीया महिलाको आज विहान १० र  सुनसरीको दुहवी–१ की ६५ वर्षीया महिलाको सोमबार राति ९ बजेतिर मृत्यु भएको अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिए ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–१० का ८४ वर्षीय पुरुषको हिजो राति १०ः४५ बजे र मोरङको बेलबारी नगरपालिका–७ की ४० वर्षीया महिलाको राति ११ बजेतिर मृत्यु भएकोे केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले बताए ।

विराटनगरको न्युरो अस्पतालमा विराटनगर–१० का ६९ वर्षीय पुरुषको हिजो राति ८ः२० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर