बढी मुल्यमा औषधि वेचेको आरोपमा दुई वटा फार्मेसी सञ्चालक पक्राउ

खबर पूर्वाञ्चल, ६ जेष्ठ २०७८, बिहीबार १७:१७

विराटनगर / बढी मुल्यमा औषधि वेचेको आरोपमा विराट नर्सिङ होमअगाडि सञ्चालनमा रहेको दुई वटा फार्मेसीका सञ्चालकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

मोरङ प्रहरीले बढी मुल्यमा औषधि बेचेको गुनासो आएपछि आज दिउँसो विराट नर्सिङ होम (विराटनगर अस्पताल) अगाडि रहेका गोलबजार फार्मेसीका सञ्चालक जितेन्द्र महतो र पश्चिमबासी फार्मेसीका सञ्चालक रविन्द्र महतोलाई पक्राउ गरेको हो ।

उनीहरूमाथि औषधि महँगोमा बिक्री गरेको आरोप छ । गोलबजार फार्मेसीले २६ दिन अस्पताल बसेका बिरामीको उपचारमा चार लाख ५५ हजारको औषधि प्रयोग भएको भन्दै आफन्तलाई बिल थमाएको थियो । प्रयोग भएको भन्दा धेरै औषधिको बिल आएपछि बिरामीका आफन्तले प्रहरीमा खबर गरेका थिए ।

पश्चीमबासी फार्मेसीको सञ्चालकले पनि उपचारमा रहेका बिरामीलाई औषधिमा ठगी गरेको आरोप छ । औषधिको कालोबजारी गरेको गुनासो आएपछि अनुसन्धानका लागि फार्मेसी सञ्चालकलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए ।

प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै उनले कालोबजारी गरेको पाइए कारवाही प्रक्रिया अघि बढाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

NBC-2078
RBB-2078
Arniko
BHANU COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५